PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

महिला बास्केटबल लिग : पुलिसको दोस्रो जित



पहिलोपोस्ट

महिला बास्केटबल लिग : पुलिसको दोस्रो जित

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेनको आयोजनामा भइरहेको क्वीक्स महिला बास्केटबल लिगमा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ।

पहिलो खेल हारेको पुलिसले त्यसयता लगातार दोस्रो जित निकाल्ने क्रममा सोमवार आइएसओ काइट्सलाई ७६-६३ ले पराजित गरेको हो।

टाइम्स इन्टरनेशनल कलेजको कोर्टमा भएको खेलमा पुलिसले पहिलो क्वाटर २०-११ र दोस्रो क्वाटर २०-१४ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो क्वाटर पनि १९-१६ ले आफ्नो बनाउँदै पुलिसले ५९-४१ को अग्रता बनायो। चौथो क्वाटर भने आइएसओ काइट्सले २२-१७ ले आफ्नो पक्षमा पार्‍यो। अन्तिम क्वाटर गुमाए पनि पुलिसले समग्रमा ७६-६३ ले खेल जितेको हो।

पहिलो खेलमा पराजित भएपनि त्यसपछि लगातार दुई खेल जितेको पुलिस ३ खेलबाट ५ अंकसहित पहिलो स्थानमा उक्लेको छ।

पुलिसको जितमा २१ अंक स्कोर गरेकी अनुसा मल्ल ठकुरी खेलको प्लेअर अफ दि म्याच घोषित भइन्।

लिगमा आजै अपराजित रहेको भाटभटेनी समृद्धि गोरिल्लाज र साइपाल एकेडेमीबीच खेल हुनेछ। गोरिल्लाजले यसअघिका दुवै खेल जितेको थियो। साइपालले भने खेलेको एक मात्र खेलमा हार बेहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell