PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ग्रीजमनको गोल र असिस्ट, एमबाप्पे घाइते



पहिलोपोस्ट

मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ग्रीजमनको गोल र असिस्ट, एमबाप्पे घाइते

विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जित हात पार्दा एन्टोइन ग्रीजनले उत्कृष्ट प्रदर्शन गरे। ग्रीजमनकै एक गोल र अर्को असिस्टमा फ्रान्सले बोलिभियालाई २-० ले पराजित गरेको हो।

दुवै गोल खेलको पहिलो हाफमै भएको थियो। तर सहज जित हात पारेको फ्रान्सलाई किलिएन एमबाप्पेको चोटले धक्का लागेको छ।

खेलको पाँचौ मिनेटमै ग्रीजमनको पासमा थोमस लेमारले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ४३औँ मिनेटमा ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफको सुरुमै चोटका कारण एम्बाप्पेले मैदान छाडेका थिए।

बोलिभियाका गोलकिपर कारल्स लाम्पेले उत्कृष्ट बचाउ गर्दा फ्रान्सले थप गोल गर्न सकेन।

युरो क्वालिफायर २०२० अन्तर्गत फ्रान्सले यही जुन ८ मा टर्कीसँग उसैको मैदानमा खेल्नेछ। टर्कीले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई २-० ले पराजित गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell