PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

खगेन्द्रले जिते दोस्रो अन्नपूर्ण म्याराथन



पहिलोपोस्ट

खगेन्द्रले जिते दोस्रो अन्नपूर्ण म्याराथन

काठमाडौं:  दोस्रो अन्नपूर्ण म्याराथन डोटीका खगेन्द्रबहादुर भाटले जितेका छन्। 'टुरिजम फर अल सिजन' भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्नपूर्ण म्याराथन जितेर खगेनद्रले १ लाख ५ हजार पुरस्कार हात पारे।

 सोमबार बिहान ६ बजेर १५ मिनेटमा ४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधारशिविर हुँदै बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय उचाइमा रहेको घान्द्रुकमा पुगेर समापन भएको थियो।

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र अन्नपूर्ण काठमाडौं समाजले संयुक्त रुपमा आयोजना गरेको म्याराथन प्रतियोगितामा हरी रिमाल दोस्रो र गोपाल तामाङ तेस्रो भए। दोस्रो र तेस्रो हुने प्रतियोगीले क्रमश: ७५ हजार र ५५ हजार नगद पुरस्कार हात पारे। विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले नगद, सिल्ड कप तथा प्रमाणपत्रबाट सम्मान गरेका थिए ।

म्याराथनमा अन्नपूर्ण घान्द्रुक क्षेत्रका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो। कार्यक्रममा ५६ जना देशी  तथा विदेशी धावकको सहभागिता थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell