PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

१२औँ क्रिकेट विश्वकपको पहिलो शतक जोए रुटको ब्याटबाट



पहिलोपोस्ट

१२औँ क्रिकेट विश्वकपको पहिलो शतक जोए रुटको ब्याटबाट

इंग्ल्याण्डका जोए रुट १२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकपमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भइरहेको विश्वकप अन्तर्गत रुटले सोमवार पाकिस्तान विरुद्ध शतक प्रहार गरेका हुन्।

पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याउने क्रममा रुटले ३८औँ ओभरमा शतक पूरा गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका रुटले ९७ बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा शतक प्रहार गरेका हुन्।

रुट शतक बनाएलगत्तै अर्को ओभरमा आउट भए। उनले १०४ बल खेल्दै १० चौका  र १ छक्काको मद्दतमा १०७ रन बनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell