PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्वकप क्रिकेट: रुट र बटलरले शतक बनाए पनि इंग्ल्याण्ड पराजित, ११ खेलपछि ओडीआईमा पाकिस्तानको पहिलो जित



पहिलोपोस्ट

विश्वकप क्रिकेट: रुट र बटलरले शतक बनाए पनि इंग्ल्याण्ड पराजित, ११ खेलपछि ओडीआईमा पाकिस्तानको पहिलो जित

पाकिस्तानले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपछि दुई खेलाडीले शतक बनाउँदा पनि इंग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेटमा पराजित भएको छ।

पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई १६ रनले पराजित गरेको हो। यस संस्करणमा पाकिस्तानको पहिलो जित र इंगल्याण्डको पहिलो हार हो। यस्तै पाकिस्तानले ओडिआई क्रिकेट ११ खेलमा हारपछि पहिलो जित हात पारेको हो।

पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध लज्जासपद हार बेहोरेको पाकिस्तानले इंग्ल्याण्डविरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्‍यो।

पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले जोए रुट र जोस बटलरको शतकका बाबजुद पनि ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३३४ रन मात्र बनाउन सक्यो। रुटले १०७ र बटलरले १०३ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

७५ बलमै शतक प्रहार गरेका बटलर विश्वापमा इंग्ल्याण्डबाट सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बने।

इंग्ल्याण्डलाई लक्ष्यसम्म पुग्न नदिन पाकिस्तानका वाहव रियजाले ३ तथा मोहम्मद आमिर र सदाब खानले २-२ विकेट लिए।

त्यसअघि नटिङहमस्थित टेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले मोहम्म हाफिज, बाबर अजम र कप्तान सर्फ्रारज अहेमदको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो।

हाफिजले सर्वाधिक ८४ रन बनाएको इनिङ्समा बाबरले ६३ र सर्फ्रारजले ५५ रन जोडे।

इंग्ल्याण्डका लागि क्रिस वोक्स र मोइन अलीले ३-३ तथा मार्क उडले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell