PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार चौथो जित



पहिलोपोस्ट

महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार चौथो जित

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा भइरहेको क्वीक्स महिला बास्केटबल लिगमा भाटभटेनी समृद्धि गोरिल्लाजले लगातार चौथो जित हात पारेको छ।

लिग अन्तर्गत मंगलवार भएको खेलमा गोरिल्लाजले विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको हो।

टाइम्स कलेजको बास्केटबल कोर्टमा गोरिल्लाजले पुलिसलाई ३९-३५ ले हरायो। यसअघि उद्घाटन खेलमा पनि गोरिल्लाजले पुलिसलाई नै पराजित गरेको थियो। पहिलो चरणमा गोरिल्लाले तीन वटै विपक्षीलाई पराजित गरेको थियो।

लगातार ४ खेल जित्दै अपराजित रहेको गोरिल्लाज ८ अंकसहित शीर्ष स्थानमा छ।

खेलमा ११ अंक स्कोर गरेकी गोरिल्लाजकी सदिना श्रेष्ठ प्लेअर अफ दि म्याच घोषित भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell