PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

प्रधानमन्त्री ओलीलाई राजपा सांसद् साहको प्रश्न, ‘संविधान संशोधनको माग कहिले पूरा हुन्छ?’



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई राजपा सांसद् साहको प्रश्न, ‘संविधान संशोधनको माग कहिले पूरा हुन्छ?’

काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन प्रक्रिया अघि बढाउन पुनः सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपा सांसद् प्रमोदकुमार साहले संशोधनको आवश्यकता र औचित्य कहिले पूरा हुन्छ भनी प्रश्न गरे।

साहले हालै लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्त अनुसार नभएको भन्दै आलोचना पनि गरे।

साहले भने ‘प्रधानमन्त्रीले समेत पटक–पटक आवश्यकता र औचित्यका अधारमा संशोधन हुन्छ भन्नुभएको हो। आवश्यकता र औचित्य कहिले पूरा हुने। मधेशी समूदायले ६ महिना आन्दोदन गर्दा पनि आवश्यक र औचित्य प्रधानमन्त्रीले किन देख्नुभएन? घाइते र अपाङ्गा अगाडि नै छन् यति हुँदा पनि औचित्य देख्नुभएन।’

साहले बजेट संघीयताको मर्म र भावना विपरीत आएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell