PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेट : समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले गण्डकीलाई हरायो, विनोदको ५ विकेट



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले गण्डकीलाई हरायो, विनोदको ५ विकेट

काठमाडौं : विनोद लामाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई पराजित गर्दै प्रतियोगिताको अन्त्य गरेको छ।

यसअघि नै समूह चरणबाटै बाहिरिसकेको यी दुई टोलीबीच मंगलवार प्रतिष्ठाको लागि खेल भएको थियो। जसमा सुदूरले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो।

४ खेलबाट ३ अंक जोडेको सुदूर समूह ए को चौथो स्थानमा रहँदा सुदूरपश्चिम चार वटै खेल हार्दै अंकबिहिन बन्यो।

यस समूहबाट प्रेदश नम्बर ३ समूह विजेता र एपीएफ समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ। यस्तै समूह बीबाट नेपाल पुलिस समूह विजेता र त्रिभुवन आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ।

विनोद लामाको उत्कृष्ट बलिङ

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा विनोद लामाले ५ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रेदश २०.४ ओभरमा ८९ रनमै अलआउट भयो। गण्डकीका लागि राहु शर्माले सर्वाधिक ४१, किशोर महतोले १४ तथा आकाश थापाले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका विनोदले ६ ओभर बलिङ गर्दा २ मेडन राख्दै २५ रन खर्चेर ५ विकेट लिए। यस्तै महेश अधिकारी र शेर मल्लले २-२ विकेट लिए।

जवाफमा ९० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो।

३३ रन हुँदा ६ विकेट गुमाएपनि नरेन्द्र साउद र आकाश चन्दले नटआउट ६० रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जिताए। आकाशले नटआउट २९ र नरेन्द्रले नटआउट २३ रन जोडे।

बलिङमा गण्डकीका किशोर महतोले ३ र विपिन खत्रीले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell