PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

१२५ जना प्रहरीको ९ घण्टा गाँजा सर्च अप्रेसनः '१७ सय रोपनीमा लगाइएका गाँजा फाँडियो'

१२५ जना प्रहरीको ९ घण्टा गाँजा सर्च अप्रेसनः '१७ सय रोपनीमा लगाइएका गाँजा फाँडियो'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: काठमाडौंका विभिन्न ठाउँमा खेती गरिएका लागू औषध गाँजाको बोट प्रहरीले नष्ट गरेको छ। ब्युरो र महानगरीय प्रहरी कार्यालयबाट १२५ जना प्रहरी गाँजा नष्ट गर्न खटाइएको जनाएको छ।

लागू औषध नियन्त्रण ब्युरोको टोलीले सोमबार १७ सय रोपनीमा लगाएको गाँजा नष्ट गरेको जानकारी दिएको छ। ‘दिनभरमा नै लगाएर नष्ट गरेका हौँ। तर अझै बाँकी छ। धेरै नै मात्रामा गाँजा लगाएको देखियो,‘ ब्युरो एसएसपी वसन्त लामाले भने।

प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ स्थित रहेका चिलाउने, गैरीगाउँ, माझगाउँ, कुने, खत्री टोललगायतका स्थानमा रहेको अवैध गाँजा खेती नष्ट गरेको हो। प्रहरीले अधिकांश गाँजा मकै खेतीभित्रै भेटिएको प्रहरीले दाबी गरेको छ। ‘धेरै गाँजा मकै बारीभित्र नै मलजल गरेर खेती गरेको भेटियो। यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ,‘ एसएसपी लामाले भने।

प्रहरीले गाँजा खेती गर्नेलाई भने नियन्त्रणमा लिएको छैन। गोकर्णेश्वर नगरपालिका क्षेत्रका केही स्थानमा अझै पनि गाँजा फडानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म २० प्रतिशतमात्र  गाँजा फाँडिएको प्रहरीको भनाई छ। ‘यो त २० प्रतिशतमात्र फडाँनी भएको हो। त्यहाँ त यति धेरै गाँजा रहेछ। थप जनशक्‍ति लगाएर फेरि फडानी गर्छौँ,' एसएसपी लामाले भने।  



ट्रेन्डिङ पोस्ट

Ncell