PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

'मिस्टर एण्ड मिस एसइइ ग्ल्याम'को ट्यालेन्ट राउन्ड सम्पन्न



पहिलोपोस्ट

'मिस्टर एण्ड मिस एसइइ ग्ल्याम'को ट्यालेन्ट राउन्ड सम्पन्न

काठमाडौं: 'मिस्टर एण्ड मिस एसइइ ग्ल्याम २०१९’का प्रतियोगीहरुले प्रतिभा प्रस्तुत गरेका छन्। प्रतियोगिता अन्तर्गतको 'ट्यालेन्ट राउन्ड'मा उनीहरुले नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला लगायत प्रस्तुत गरे।

ट्यालेन्ड राउन्ड नामी कलेजमा मंगलबार सम्पन्न भएको हो। ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको आयोजना रहेको यो सौन्दर्य प्रतियोगितामा २० जना एसइइ दिएर बसेका प्रतियोगीहरु रहेका छन्। पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, ‘मिसेस नेपाल टुरिजम २०१९’ छिरिङ डोल्मा शेर्पा र मोडल दिवस धिताल निर्णायक थिए।

अन्तिम प्रतिस्पर्धा यही ३० गते जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना हुँदैछ। शीर्ष दुईसहित ६ फरक विधामा विजेता छानिने आयोजकले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell