PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानसेनापति पुरुष भलिबल : आर्मी र गण्डकीको लगातार तेस्रो जित



पहिलोपोस्ट

प्रधानसेनापति पुरुष भलिबल : आर्मी र गण्डकीको लगातार तेस्रो जित
फाइल फोटो

काठमाडौं : घरेलु टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेका छन्।

मंगलवार दुवै टिमले आ-आफ्नो खेल जित्दै अपराजित यात्रा कायम राखेका छन्।

लगनखेलस्थित घरेलु कोर्टमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई २५-१५, २५-१२, २५-१३ को सेटमा पराजित गरेको हो।

लगातार तीन जितपछि आर्मी समूह ए मा ९ अंकका साथ शीर्ष स्थानमा छ।

यस्तै समूह बी अन्तर्गत गण्डकीले कर्णाली प्रदेशलाई २५-२१, २७-२५, २५-१४ को हरायो। गण्डकीले समूह बी मा लगातार तीन खेल जित्दै ९ अंक जोडेको छ।

यस जितपछि आर्मी र गण्डकी सेमिफाइनल नजिक पुगेको छ।

यस्तै आजै भएको खेलमा दुई विभाऊय टोली नेपाल पुलिस क्लब र एपीएफले लगातार दोस्रो जित हात पारेका छन्।

समूह ए अन्तर्गत भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई २५-८, २५-१७, २५-१७ ले हरायो। लगातार दुई जितपछि एपीएफले ६ अंक जोडेको छ। यस्तै समूह बी अन्तर्गत खेलमा पुलिसले प्रदेश ५ लाई २६-२४, २५-१५, २५-१७ को सेटमा हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell