PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महिला बास्केटबल लिग : विदेशी खेलाडीको प्रभावमा आइएसओ काइट्सको पहिलो जित



पहिलोपोस्ट

महिला बास्केटबल लिग : विदेशी खेलाडीको प्रभावमा आइएसओ काइट्सको पहिलो जित
एलामा मे लिम (बीचमा)

काठमाडौं : फिलिपिन्सकी खेलाडी एलाना मे लिमले उत्कृष्ट प्रदर्शन गर्दै २७ अंक स्कोर गरेपछि आइएसओ काइट्सले क्वीक्स महिला बास्केटबल लिगमा पहिलो जित हात पारेको छ।

मंगलवार टाइम्स इन्टरनेशनल कलेजको कोर्टमा भएको खेलमा काइट्सले साइपाल एकेडेमीलाई ७२-६३ ले पराजित गरेको हो।

सुरुको दुई क्वाटर पछि १५ अंकको अग्रता कायम राखेको काइट्सले अन्तिम दुई क्वाटर गुमाएपनि ९ अंकको अन्तरले खेल जितेको हो। काइट्सले पहिलो क्वाटर २३-१२ र दोस्रो क्वाटर १५-११ ले आफ्नो पक्षमा पार्दै ३८-२३ को अग्रता बनाएको थियो। साइपालले तेस्रो क्वाटर २७-३ र चौथो क्वाटर २३-२१ ले आफ्नो पक्षमा पारेपनि खेल जित्न सकेन।

खेलमा २७ अंक स्कोर गरेकी काइट्सकी मे लिम प्लेअर अफ दि म्याच घोषित भइन्।

पहिलो जितपछि काइट्सले ३ खेलबाट ४ अंक जोड्दै साइपाललाई अंक तालिकामा पछि पारेको छ र तेस्रो स्थानमा उक्लेको छ। अहिलेसम्म जितिविहिन रहेको साइपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थान (अन्तिम) मा छ। चार खेल जित्दै अपराजित रहेकंंो भाटभटेनी समृद्धि गोरिल्लाज ८ अंकसहित पहिलो स्थानमा छ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेनले आयोजना गरेको महिला लिगमा चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell