PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वकप क्रिकेट : पाँच टिमले २ खेल खेलिसकेपछि पहिलो खेल खेल्दै भारत



पहिलोपोस्ट

विश्वकप क्रिकेट : पाँच टिमले २ खेल खेलिसकेपछि पहिलो खेल खेल्दै भारत

आइसीसी विश्वकप क्रिकेट २०१९ सुरु भएको एक साता पछि भारतले आज आफ्नो पहिलो खेल्दैछ। सहभागि १० मध्ये ५ टिमले २-२ खेल खेलिसक्दा भारतले भने पहिलो खेल खेल्न लागेको हो। उपाधिको दाबेदार मध्ये एक मानिएको भारतले नेपाली समयअनुसार आज दिउँसो ३.१५ बजे दक्षिण अफ्रिकासँग खेल्दैछ।

दक्षिण अफ्रिका पनि दुई खेल खेलिसक्ने मध्ये एउटा टिम हो। तर खेलेको दुवै खेलमा हार बेहोरेको दक्षिण अफ्रिका अहिले ठूलो दबाबमा छ। उसका फास्ट बलर डेल स्६न चोटका कारण एक खेल नै नखेली विश्वकपबाट आउट भइसकेका छन्। यस्तै अर्का बलर लुंगी एनगिदी पनि १० दिनका लागि बाहिरिएका छन्।

दक्षिण अफ्रिका यसअघि घरेलु टोली इंग्ल्याण्ड र बंगलादेशसँग पराजित भएको थियो। दक्षिण अफ्रिकासँगै घरेलु टोली इंग्ल्याण्ड, पाकिस्तान, श्रीलंका र अफगानिस्तानले समान २ खेल खेलिसकेका छन्। दक्षिण अफ्रिका र अफगानिस्तानले दुवै खेल हारेका छन् भने बाँकी ३ टिमले एक जित र एक हारको नतिजा निकालेको छ।

वेष्ट इन्डिज, न्यूजिल्याण्ड, अष्ट्रेलिया र बंगलादेशले खेलेको एक खेल जितेका छन्।

आजै बेलुका ६:१५ बजे अपराजित दुई टिम न्यूजिल्याण्ड र बंगलादेश खेल्दैछन्। न्यूजिल्याण्डले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। यस्तै बंगलादेशले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell