PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

इद मुबारक! मनाइँदै इद उलफित्र, २२ फोटोमा हेर्नुस्

इद मुबारक! मनाइँदै इद उलफित्र, २२ फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन्।
 
आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो। यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नाका साथै  गरीबलाई दान दिने गरेका छन्।
 
काठमाडौंको घण्टाघरस्थित जामे मस्जिद्मा आज नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन्।
 
आजका दिन मुस्लिम समूदायले आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन्।

यस पर्वमा एकअर्कालाई उपहार दिनाका साथै पर्वमा सेवइलगायत परिकार पकाएर खाने गरिन्छ। यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell