PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

क्युएफएक्समा मात्र 'भारत'को लागि १९ शो  



पहिलोपोस्ट

क्युएफएक्समा मात्र 'भारत'को लागि १९ शो  

बलिउड फिल्म ‘भारत’ बुधबार नेपाल रिलिज भयो। इदको अवसर पारेर रिलिज गरिएको फिल्मले फ्राइडे रिलिजको ट्रेन्ड तोड्यो। जसका कारण फिल्मको रिलिज विवादित विषय बन्यो। तर, बुधबार रिलिजका कारण भएका विभिन्न टीकाटिप्पणीबीच फिल्मले क्युएफएक्सका हलहरुमा मात्र १९ शो पाएको छ।

अली अभास जफर निर्देशित फिल्म ‘भारत’ मा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा छन्। फिल्ममा सलमान र कट्रिनासँगै दिशा पटानी, सोनाली कुलकर्नी, सुनिल ग्रोभर, ज्याकी सर्फलगायतका कलाकारले अभिनय गरेका छन्।

सिंगल स्क्रिन र मल्टिप्लेक्स दुबैमा शो पाएको ‘भारत’ले सिभिल मल क्युएपएक्समा ५ शो, छाँया सेन्टरमा ५ शो, लाबिम मलमा ४ शो, कुमारीमा ३ शो र जय नेपालमा २ वटा शो पाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell