A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6aae40d0849595.64502526): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6aae40d0849595.64502526,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ने क पाले आज पनि तोक्न सकेन जिल्ला इन्चार्ज र सहइन्चार्ज 
PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

ने क पाले आज पनि तोक्न सकेन जिल्ला इन्चार्ज र सहइन्चार्ज 



विधुर ढकाल

ने क पाले आज पनि तोक्न सकेन जिल्ला इन्चार्ज र सहइन्चार्ज 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)ले बाँकी एकताका काम पुरा गर्नका लागि डाकेको आजको सचिवालय बैठक पनि निष्कर्षबिनै टुंगिएको छ। जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बोलाइएको निष्कर्षबिनै टुंगिएको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा खसै प्रगति नभएको ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। मंगलबार पनि यही विषयमा टुंगो लगाउन बैठक बसेको थियो। 

शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिएको एक नेताले बताए।

पार्टीका वरिष्ठ नेता माधव नेपाल सांसद प्रदेशसभाका सदस्य तथा मन्त्री भएकालाई थप जिम्मेवारी दिन नहुने पक्षमा उभिएका छन् भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली दिनुपर्ने पक्षमा उभिएका छन्।

ने क पा भित्र दोहोरो पदको विषयमा विवाद हुँदा एकता प्रक्रियाले पनि पूर्णता पाउन सकेको छैन। सुरुमा एकता गर्दा प्रधानमन्त्री ओली बाहेकलाई दोहोरो पद नदिने मापदण्ड बनाइए पनि यो मापदण्डलाई मिच्दै प्रदेशको नेतृत्व चयन भएपछि नेता नेपाल पक्षले यसमा विरोध गर्दै आएको छ।

गण्डकी प्रदेश र ५ नं प्रदेशका मुख्यमन्त्रीलाई पार्टीको इञ्चार्जको पनि जिम्मेवारी दिइएपछि विवाद बल्झिएको थियो। जन निर्वाचित प्रतिनिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने नीति भए पनि पछि जिल्ला नेतृत्व चयन गर्दा यो मापदण्डलाई पछाडि धकेल्दै नयाँ मापदण्ड बनाइएको थियो।

जसअन्तर्गत पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला अध्यक्ष वा संयोजकलाई जिल्ला अध्यक्ष र सचिव बनाउने सहमति भएको थियो। यही मापदण्ड २२ वटा जनवर्गीय संगठनको एकता टुंग्याउन पनि प्रयोग गरिएको थियो।

ने क पामा अहिले ३२ विभागहरु, पोलिटव्यूरोको गठन र सम्पर्क मञ्चहरुको गठन हुन बाँकी छ। अहिले संगठन विभागको प्रमुखमा मुख्य विवाद देखिएको छ। संगठन विभागको प्रमुखमा एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बामदेव गौतमको नाम अगाडि सारेका छन् भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामबहादुर थापा बादललाई अगाडि सारेका छन्।

बादललाई संगठन विभागको जिम्मेवारी दिँदा पार्टीको संगठनमा असर पर्ने भन्दै सचिवालय बैठक भित्र ओली पक्षबाहेकले सहमति जनाएका छैनन्। गौतम अहिले कुनै पनि निर्वाचित निकायमा छैनन्। उनी पूर्ण रुपमा पार्टीकै गतिविधिमा रहेको भन्दै उनको नाम प्रस्ताव भएको हो। गौतमकै पक्षमा माहोल बनाउनका लागि फेरि ने क पाभित्र 'एक व्यक्ति एक पद'को कुरा आएको स्रोतले बतायो।

नेताहरुबीच सहमति हुन नसकेपछि बैठक भोलि ९ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell