PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

समृद्धि गोरिल्लाज बास्केटबल टिमलाई भाटभटेनीको साथ



पहिलोपोस्ट

समृद्धि गोरिल्लाज बास्केटबल टिमलाई भाटभटेनीको साथ

काठमाडौँ :  क्वीक्स महिला बास्केटबल लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको समृद्धि गोरिल्लासले भाटभटेनी सुपर मार्केटको साथ पाएको छ।

बुधवार समृद्धि स्कुल एण्ड कलेज र भाटभटीनी सुपर मार्केट एण्ड डिपाटमेन्टल स्टोरबीच सम्झौता भएको हो। भाटभटेनीका निर्देशक कल्याण गुरुङ र समृद्धि स्कुल एण्ड कलेजको महिला बास्केटबल टिम समृद्धि गोरिल्लाजका टिम म्यानेजर सन्तोष ताम्राकारले सम्झौता पत्र आदन प्रदान गरेका छन्।

सम्झौता अनुसार भाटभटेनीले मुख्य प्रायोजन गरे बापत समृद्धि गोरिल्लाजलाई नगद तथा जिन्सी गरी नगद ५ लाख बराबरको सहयोग उपलब्ध गराउने छ। अब गोरिल्लाजले भाटभटेनी समृद्धि गोरिल्लाजको नामले प्रतियोगिता खेल्ने छ।

प्ले फर डिप्राइभ्ड भिल्ड्रेनले (पीडीसीएन) ले आयोजना गरिरहेको लिगमा गोरिल्लाजले उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार खेल जितेको छ। चार टोली सहभागि लिगमा गोरिल्लाज अपराजित छ र अब बाँकी दुई मध्ये एक मात्र जितेपनि फाइनल पुग्नेछ।

सम्झौतापछि भाटभटेनीका निर्देशक गुरुङले खेलकुदसँग जोडिन पाएकोमा गौरव लागेको बताए। यस्तै गुरुङले नेपाली महिला बास्केबल टिमकी कप्तान समेत रहेकी गोरिल्लाजकी कप्तान सदिना श्रेष्ठलाई ट्याकसुट,जुत्ता र जर्सी प्रदान गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell