PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

६ वर्षपछि तयार भयो कराते एकेडेमी



पहिलोपोस्ट

६ वर्षपछि तयार भयो कराते एकेडेमी

काठमाडौं : ललितपुरको सातदोबाटोमा ६ वर्षपछि कराते एकेडेमी तयार भएको छ। बुधवार उक्त कराते एकेडमीको औपचारिक उद्घाटन भएको छ। युवा तथा  खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले एकेडमीको उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय खेल परिसरमा रहेको यो एकेडेमी ६ वर्षको अवधीमा तयार भएको छ। राखेपका तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा निर्माण सुरू भएको एकेडेमीमा १२ वटा कोठा रहेका छन्। यस्तै २ कक्षा कोठा, २ वटा खेलाडीको चेन्जिङ रूम रहेको छ। एकेडमीमा तीन सय ५० दर्शक क्षमताको कराँते हल र ५० जना अट्ने भीआईपी प्यारापिट रहेको छ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले खेल पूर्वाधारले नेपाली खेलाडीमा हौसला थपिएको बताए। राखेप उपाध्यक्ष पिताम्वर तिमिल्सिनाले कराँतेको एकताले अगमि आठौ सगमा राम्रो नतिजा ल्याउने बताए।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले करातेको आफ् एकेडेमी भएकोले खेलाडीहरुमा हैसला बढेको बताउँदै आगामी सागमा पनि एकेडेमीको महत्वपूर्ण भूमिका रहने बताए। नेपाल कराते महासंघका सहअध्यक्ष दावा गुरुङ, राष्ट्रिय टिमका कराते प्रशिक्षक कुसल श्रेष्ठले एकेडेमीले कराते उचाईमा पुर्‍याउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell