PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेट : यी हुन् एक हातले बल क्याच गर्ने पहिलो दर्शक

प्रधानमन्त्री कप क्रिकेट : यी हुन् एक हातले बल क्याच गर्ने पहिलो दर्शक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितको पहिलो सेमिफाइनलमा खेलाडीले हानेको छक्का दर्शकले एक हातले क्याच गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको यस प्रतियोगितामा यस पटक आकर्षणको रुपमा एक हाते क्याच रहेको थियो। यस्तो गर्ने दर्शकलाई आयोजकले ५० हजार पुरस्कारको व्यवस्था गरेको छ।

समूह चरणमा कूल २० खेल हुँदा कुनै पनि दर्कशले एक हातले छक्का प्रहार भएको बल क्याच गर्न सकेका थिएनन्।

बुधवार कीर्तिपुरस्थित टीयू मैदानमा भएको प्रदेश नम्बर ३ र त्रिभुवन आर्मीबीचको खेलमा पहिलो पटक एक हाते क्याच भएको हो।

आमीका रोहित कुमार पौडेलले प्रहार गरेको छक्का चोभर इन्डमा खेल हेरिरहेका दर्शकले एक हातले क्याच गरेका हुन्। तर क्याच गर्ने ति दर्शक बुटवलका सुवास विक हुन्। उनले डाइभ मार्दै देब्रे हातले बल समाते।

प्रदेश ३ का सूर्य तामाङको बलमा रोहितले छक्का प्रहार गरेका थिए।

एक हातले बल क्याच गरेका दर्शक सुवासले अब एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेस प्रायोजन गरेको नगद ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell