PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानसेनापति पुरुष भलिबल : आर्मीको पहिलो हार, पुलिस र एपीएफ अपराजित



पहिलोपोस्ट

प्रधानसेनापति पुरुष भलिबल : आर्मीको पहिलो हार, पुलिस र एपीएफ अपराजित
FILE PHOTO

काठमाडौं : चौथो प्रधासेनापति कप पुरुष भलिबल प्रतियोगितामा घरेलु टोली त्रिभुवन बर्मी क्लबको अपराजित यात्रा टुङ्गिदा अर्का दुई विभागीय टोली नेपाल पुलिस र एपीएफले भने लगातार तेस्रो जित हात पारेका छन्।

लगनखेलस्थित आर्मीको कभर्डहलमा भइरहेको प्रतियोगिता बुधवार एपीएफले आर्मीलाई पराजित गरेको हो। आर्मीमालाई ३-१ को सेटमा पराजित गरेको एपीएफले लगातार तेस्रो खेल जित्दै अपराजित यात्रा कायम राखेको छ। एपीएफले आर्मीलाई २५-१४, २५-२१, २०-२५, २५-२० ले पराजित गरेको हो।

जितपछि समूह ए मा एपीएफको ३ खेलबाट ६ अंक छ। समूहको सबै चार खेल खेलिसकेको आर्मीको पनि पहिलो हारपछि ४ खेलबाट ६ अंक छ। अब एपीएफले समूहको अन्तिम खेलमा बिहीवार प्रदेश १ सँग खेल्नेछ र उक्त खेल जितेमा समूह विजेता बन्नेछ।

उता समूह बी अन्तर्गत नेपाल पुलिसले गण्डकी प्रदेशको अपराजित यात्रालाई पूर्ण विराम लगाएको छ। यसअघि लगातार तीन खेल जितेको गण्डकीलाई पुलिसले सोझो सेटमा पराजित गरेको हो। पुलिसले लगातार तेस्रो खेल जित्ने क्रममा गण्डकीलाई २५–२१, २५–१५,२५–१६ ले पराजित गर्‍यो। पुलिसले अब समूहको अन्तिम खेलमा बिहीवार प्रदेश ३ सँग खेल्नेछ। उक्त खेल जितेमा पुलिस समूह विजेता बन्नेछ। पुलिस र गण्डकीको समान ६ अंक छ। तर गण्डकीले समूहको चार वटै खेल खेलिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell