PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

थ्री स्टारले जित्यो कलेजस्तरिय भलिबलको उपाधि



पहिलोपोस्ट

थ्री स्टारले जित्यो कलेजस्तरिय भलिबलको उपाधि

काठमाडौं : थ्री स्टार एकडेमी बुढानिलकण्ठले प्रथम एन्जल्स हार्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

बुधबार भएको फाइनलमा थ्री स्टारले न्युटन हाइ स्कुल बालुवाटारलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बुधबार भएको खेलमा थ्री स्टारले न्युटनलाई २५–२२, २५–१७, २२–२५, २५–१९ ले पराजित गरको हो।

स्पाइरल ग्यालेक्सी स्कुल पोखराले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो। स्पाइरलले २५–१८ २५–२१, २२–२५, २५–१९ को जित निकाल्यो।

च्याम्पियन थ्री स्टारले १ लाख रुपैया हात पार्‍यो। उपविजेता न्युटनले ५० हजार रुपैयामा चित्त बुझायो। तेस्रो भएको ग्यालेक्सीले २५ हजार तथा चौथो भएको सेवले १५ हजार रुपैया पायो।

च्याम्पिन थ्री स्टारका बिशाल गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले एक थान टिभीएस मोटरसाइकल हात पारे। व्यक्तिगत विधातर्फ स्प्रिङडेलका दुर्गा सुनार बेस्ट स्पाइकर, न्युटनका सुजन विके सेटर, स्पाइरलका अशोक सुनार सर्भर, थ्री स्टारका किरण चौधरी ब्लकर, न्युटनका डोल बहादुर थापामगर डिफेन्स र थ्री स्टारका राजन दर्लामी मगर उत्कृष्ट प्रशिक्षक चुनिए। उनीहरुले ५–५ हजार रुपैयाँ पाए।

विजयी खेलाडीहरुलाई सभासद ठाकुर गैरे, एन्जल्स स्पोर्टस् एकेडेमीका अध्यक्ष खिम राना, एन्जल्स हार्ट कलेजका प्रिन्सिपल लगायतले पुरस्कार वितरण गरे। एन्जल्स स्पोर्टस् एकेडेमी एण्ड रिक्रिएसन सेन्टरको आयोजनामा जेठ १५ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरका विभिन्न ५३ विद्यालयले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell