PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महिला बास्केटबल : विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनमा आइएसओ काइट्सको लगातार दोस्रो जित



पहिलोपोस्ट

महिला बास्केटबल : विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनमा आइएसओ काइट्सको लगातार दोस्रो जित

काठमाडौं : विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछी आइएसओ काइट्सले क्वीक्स महिला बास्केटबल लिगमा लगातार दोस्रो जित हात पारेको छ।

मंगलवार साइपाल एकेडेमीलाई पराजित गरेको काइट्सले बुधबार भएको खेलमा पनि साइपाललाई नै पराजित गरेको हो। टाइम्स इन्टरनेशनल कलेजको कोर्टमा भएको खेलमा काइट्सले साइपाल एकेडेमीलाई ७२-६० ले पराजित गरेको हो। काइट्सको जितमा फिलिपिन्सकी खेलाडी एलाना मे लिमले उत्कृष्ट प्रदर्शन गर्दै २८ अंक स्कोर गरिन्। उनले अघिल्लो खेलमा पनि २७ अंक जो८की थइन्।

काइट्सले साइपाल विरुद्ध पहिलो क्वाटरमा २२-१८ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर १३-१३ को बराबरीमा सकिएपनि तेस्रो क्वाटरमा २१-१८ र चौथो क्वाटरमा १६-११ को अग्रता बनाउदै काइट्सले नतिजा आफ्नो पक्षमा पारेको हो।
काइट्सको जितमा २८ अंक स्कोर गरेकी लिम लगातार दोस्रो प्लेअर अफ दि म्याच घोषित भइन्।

सुरुवाती दुई खेल हारेपछि लगातार दोस्रो जितपछि काइट्सले ४ खेलबाट ६ अंक जोडेको छ। ४ खेलमै अपराजित रहेको भाटभटेनी समृद्धि गोरिल्लाज ८ अंकसहित शीर्ष स्थानमा छ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेनले आयोजना गरेको महिला लिगमा चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा अब चार खेल हुन बाँकी छ। डबल राउण्ड रोविन लिगपछि अंकतालिकामा शीर्ष दुई स्थानमा रहने टिमले सिधै फाइनल खेल्ने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell