PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

युइएफए नेशन्स लिग: रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा



पहिलोपोस्ट

युइएफए नेशन्स लिग: रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगल युइएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रेवश गरेको छ। गएराति घरेलु मैदानमा भएको पहिलो सेमिफाइनमाल रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्वीट्जरल्याण्डलाई ३-१ ले पराजित गरेको हो।

पोर्चुगलले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ।

रोनाल्डोले ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। पोर्चुगलका लागि रोनाल्डोको यो छैटौँ ह्याट्रिक हो भने क्लब र देश गरी समग्रमा ५३औँ ह्याट्रिक हो। यस्तै रोनाल्डोले ३८ फरक देशविरुद्ध गोल गरेका हुन्।

स्टाडिओ डो ड्रागाओमा भएको खेलको २५औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। ५७औँ मिनेटमा रिकार्डो रोड्रिगेजले पेनाल्टीमार्फत स्वीस टोलीका लागि बराबरी गोल फर्काए। पोर्चुगलका नेल्सन सेमेडोले स्टेभन जुबरलाई फल गरेपछि  भिएआर प्रणालीबाट स्वीट्जरल्याण्डले पेनाल्टी पाएको थियो।

८८औँ मिनेटसम्म खेल १-१ को बराबरीको अवस्थामा थियो। तर अन्तिम समयमा रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलल फाइनल पुगेको हो। रोनाल्डोले ८८औँ र ९०औँ मिनेटमा गोल गरे। दुबै गोल उनले बर्नार्डो शिल्भाको पासमा गरेका थिए।

यही खेलमार्फत युवा स्टार जाओ फेलिक्सले पनि पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell