PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बजेटको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीले जवाफ दिने



पहिलोपोस्ट

बजेटको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँः आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेटको सैद्धान्तिक छलफल आज सकिँदैछ। छलफल सकिएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनेछन्। बुधबार नै अर्थमन्त्रीले जवाफ दिने पूर्व निर्धारित तालिका तय भए पनि सार्वजनिक बिदाका कारण बिहीबारका लागि तोकिएको हो।

बिहीबार सत्ता तथा प्रतिपक्ष दुबै दलका केही नेताहरुले छलफलमा भाग लिएर

सरकारले जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा बजेट पेस गरेको थियो। जेठ १९ गतेबाट सैद्धान्तिक छलफल प्रारम्भ भएको थियो। सैद्धान्तिक छलफल सकिएपछि कार्यतालिका बनाएर मन्त्रालयगत शीर्षकमा बजेटको छलफल प्रारम्भ हुनेछ।

असार मसान्तभित्र मन्त्रालयगत छलफल सकेर विनियोजन विधेयक पारित भइसक्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell