PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गुन्डा नाइके राधे स्थानीय कुट्दै गर्दा धादिङमा समातिए, दुई प्रहरी घाइते



पहिलोपोस्ट

गुन्डा नाइके राधे स्थानीय कुट्दै गर्दा धादिङमा समातिए, दुई प्रहरी घाइते

काठमाडौँः गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन्।

बुधबार साँझ राधेलाई धादिङ प्रहरीले बेनिघाट रोराङ गाउँपालिकाबाट पक्राउ गरेको हो। गाउँमा स्थानीयबासीलाई कुटपिट गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारले जानकारी दिए।

‘राधे समूहले गाउँमा ग्याङफाइट गरिरहेको रहेछ। जानकारीको आधारमा हामी पुगेर नियन्त्रणमा लिएका हौँ।‘

राधे समूहलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी समेत घाइते भएको प्रहरीको दाबी छ।

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी 'चरी'माथि २०७० असार २१ मा गोली प्रहार गरेपछि केही समय उनी जेल परेका थिए। राधेसँगै अन्य चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसपी बैदवारले  जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल बरामद गरेको छ। उनी प्रहरीको खोजी सूचीमा समेत थिए।

राधे तरुण दल धादिङका जिल्ला उपाध्यक्ष समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell