PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

लोकसेवा आयोगको विज्ञापन खारेज गर्न सांसदहरुको माग



पहिलोपोस्ट

लोकसेवा आयोगको विज्ञापन खारेज गर्न सांसदहरुको माग

काठमाडौं : लोकसेवा आयोगले हालै निकालेको कर्मचारी आवश्यकता सम्बन्धित विज्ञापन खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएको भन्दै खारेज गर्न माग गरेका हुन्।

बैठकमा बोल्दै सांसद विमला विश्वकर्माले लोकसेवा आयोगबाट स्थानीय तहमा कर्मचारी माग गर्दै खोलिएको विज्ञापन संविधानको समावेशी मर्म र भावना विपरित भएको बताइन्। उनले संविधानको मर्म र भावना विपरित आएको विज्ञापन खारेज गर्न माग गरिन्।

त्यस्तै सांसद सर्वत आरा खनुमले संविधानले मधेसी थारु मुस्लिम दलितलाई दिएको अधिकारलाई कटौती गरेर जारी गरेको विज्ञापन खारेज गर्नुपर्ने माग गरिन्। उनले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि जनसंख्याको आधारमा आरक्षणसहितको विज्ञापन जारी गर्न माग गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell