PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

हुण्डी कारोवार गर्ने दुई पक्राउ, साथमा भेटियो करिव तीन लाख रुपैयाँ



पहिलोपोस्ट

हुण्डी कारोवार गर्ने दुई पक्राउ, साथमा भेटियो करिव तीन लाख रुपैयाँ

काठमाडौः जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ रजतजयन्ती चोकस्थित सडकमा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नम्वर ७ पहाडीटोल बस्ने वर्ष २२ को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने वर्ष २२ को सौरभ कुमारलाई नियन्त्रणमा लिएको हो। उनीहरुको  साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैयाँ दुई लाख ९९  हजार ५०० र मोबाइल दुई थानसमेत फेला परेकाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सोमिन्द्र राठौरले जानकारी दिए।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले नेपालबाट भारततर्फ अवैधरुपमा सामान ओसारपसार गरिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिकाको विभिन्न ठाउँबाट केराउ ६० किलो, साइकल एक थान, लेडिज टप्स ८२ थान, जेन्स भेष्ट ५५ थान पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell