PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मोटरसाइकल दुर्घटना हुदाँ बिजुली बजारमा एक युवकको मृत्यु



रासस

काठमाडौः काठमाडौंको बिजुली बजारमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।

साइकललाई ठक्कर दिएको बा ४१ प ५३६ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरचालक ललितपुर महानगरपालिका १२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको मृत्यु भएको हो। घाइते ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell