PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना प्रहरी फन्दामा



पहिलोपोस्ट

विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौः विभिन्न खेलमा सट्टेबाजी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधवार विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे घर भएका बज्र लामा, बिद्युत प्रकाश लामा र रामेछाप घर भएका उमेश कार्की रहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

उनीहरूले ईन्डियन प्रिमियर लिग क्रिकेट, विश्वकप क्रिकेट, च्याम्पियनसिप फुटबल खेलमा सट्टावाजी गरी अवैध रूपमा रकम असुली गरेको प्रहरीको दाबी छ।उनीहरूको साथबाट प्रहरीले एक लाख रुपैयाँ समेत बरामद गरेको छ।

त्यस्तै प्रहरीले खेलहरूमा कनै पनि किसिमको हारजित हुने गरी बाजी राख्ने र खेल्ने कार्य गैरकानुनी भएकोले कोही कसैको प्रलोभनमा नपर्न समेत अनुरोध गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell