PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

स्पोर्ट्स अवार्डलाई केल्मीको साथ



पहिलोपोस्ट

स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्डका लागि खेल पोशाक उत्पादन कम्पनी केल्मी नेपालसँग सम्झौता गरेको।

असार १७ गते काठमाडौँ हुने १६औँ संस्करणको अवार्डका लागि एनएसजेएफले केल्मी नेपालसँग सह-प्रायोजकको रुपमा सहकार्य गरेको हो।

एनएसेजएफका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालको आधिकारिक वितरक कम्पनी कामारु ट्रेडिङ प्रालिका म्यानेजिङ डिरेक्टर उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे। केल्मीले पहिलो पटक अवार्डसँग जोडिएको हो।

सम्झौतापछि स्पोर्ट्स अवार्डको आधिकारिक पोसाकका केल्मी रहनेछ। अब केल्मी नेपालले एनएसेजएफलाई अवार्डका लागि दुई सय टिसर्ट र विभिन्न विधामा मनोनित खेलाडीका लागि ३० थान ट्रयाक सुट उपलब्ध गराउने एनएसजेएफका अध्यक्ष सुवेदीले जानकारी दिए।

केल्मी नेपालका उत्तमले अवार्डसँग जोडिन पाउ खुशी लागेको बताए। उनले केल्मीको लक्ष्य नेपालमा नम्बर वान स्पोर्ट्स ब्राण्ड बन्ने रहेको समेत बताए।

यस्तै एनएसजेएफले अवार्डका लागि लाइभ ब्रोडकास्टरको रुपमा एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण गरेको छ। एनएसजेएफका अध्यक्ष सुवेदी र एभिन्युज टिभीका सिईओ समृद्धि राजकर्णिकाले सम्झौतामा हस्तार गरे।

असार १७ गते हुने अवार्ड एभिन्युज टिभीबाट लाइभ ब्रोडकास्ट हुनेछ। यस्तै एभिन्युजले अवार्डको प्रचार-प्रसारमा पनि सहयोग गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए।

सम्झौता कार्यक्रममा केल्मी नेपालको अफिसियल वेवसाइट पनि सार्वजनिक भएको छ। केल्मी नेपाल उत्तम न्यौपाने र राष्ट्रिय महिला टिमकी स्टार खेलाडी सावित्रा भण्डारीले वेवसाइट लन्च गरेका थिए।

एनएसजेएफले अवार्डका लागि यसअघि नै मुख्य प्रायोजकको रुपमा हंशराज हुसा चन्द एण्ड कम्पनीसँग सम्झौता नविकरण गरिसकेको छ भने पिपुल्स च्वाइस खेलाडीको विधामा भोट गर्न टिएचटी लाइभसँग पनि सम्झौता नविकरण गरिसकेको छ।

विस २०६० मा सुरु भएको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड असार १७ गते कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ।

अवार्ड अन्तर्गत पिपुल्स च्वाइसको अवार्डको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ। यस पटक पिपुल्स च्वाइस अवार्डसंगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक,  पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर अवार्ड र स्पोर्ट्स जर्नालिजम अवार्ड गरी कूल १० विधामा अवार्ड प्रदान गरिने छ।

पिपुल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले एक-एक पल्सर बाइक पाउनेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ।

पिपुल्स च्वाइस अवार्डका लागि एनएसेजएफले मनोनयन सार्वजनिक गरिसकेको छ जसमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell