PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

ए बी डेभिलियर्सले विश्वकप खेल्न खोजेका थिए तर…..



पहिलोपोस्ट

ए बी डेभिलियर्सले विश्वकप खेल्न खोजेका थिए तर…..

विश्व क्रिकेटकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक ए बी डेभिलियर्सले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। उनले यही वर्ष इग्ल्याण्डमा आइसीसी विश्वकप सुरु हुनु ठिक एक वर्षअघि यो घोषणा गरेका थिए।

अहिले इंग्ल्याण्ड र वेल्समा १२औँ संस्करणको विश्वकप क्रिकेट भइरहेको छ र त्यसमा डेभिलियर्स बिनाको दक्षिण खफ्रिकाले खराब प्रदर्शन गरिरहेको छ। दक्षिण अफ्रिकाले लगातार तीन खेल हारिसकेको छ।

दक्षिण अफ्रिकाको यस्तो प्रदर्शनपछि डेभिलियर्सले बिहीवार एक खुलासा गरेका छन्।

उनले दक्षिण अफ्रिकाको विश्वकप टोली घोषणा हुनु २४ घण्टा अघि आफू सन्यास फिर्ता लिएर विश्वकप खेल्न चाहेको जानकारी गराएका थिए। उनले कप्तान फाप डु प्लेसिस, प्रशिक्षक ओटिस गिब्सन र सेलेक्टर लिन्डा जोन्डीलाई जानकारी गराएका थिए। तर यस्तो सम्भव नहुने उत्तर डेभिलियर्सले पाएको इएसपीएनले जनाएको छ।

डे भिलियर्सले डोमेस्टिक र अन्तर्राष्ट्रिय खेल नखेलेकोले सेलेक्सनका लागि मापदण्ड नपुग्ने र उनलाई टिममा राखे अन्य खेलाडीलाई अन्याय हुने भन्दै अस्वीकार भएको उल्लेख छ।

डेभिलियर्सले २२८ ओडिआई खेलमा २१८ इनिङ्स खेल्दै ९ हजार ४७३ रन बनाएका छन्। उनको उच्च स्कोर १७६ हव। उनले २५ शतक र ५३ अर्धशतक प्रहार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell