PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गोविन्दराज जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अख्तियारले अदालत पुर्‍याएन, १५ दिनभित्र उपलब्ध नगराए कारबाही



पहिलोपोस्ट

गोविन्दराज जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अख्तियारले अदालत पुर्‍याएन, १५ दिनभित्र उपलब्ध नगराए कारबाही

काठमाडौः पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रस्टाचार सम्बन्धी मुद्दाको मिसिल फाइल १५ दिन भित्र अदालतमा उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

पटकपटक अदालतमा पेसी चढेको मुद्दामा बिहीबार न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले १५ दिनभित्र फाइल उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा आदेश दिएको छ।

२०६९ फागुन ८ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा अदालतले पाँच वर्षदेखि मिसिल मगाउँदा पनि उपलब्ध नगराएको अदालतको आदेशमा उल्लेख छ।

अदालते बिहीबार जारी गरेको आदेशमा भनिएको छ'आयोग स्वयमले गरेको निर्णय, आयोगको आफ्नो काम कारबाही सम्वन्धित रजिष्टर लगायतका अभिलेख पठाउन भनि २०७१ साल भाद्रदेखि हालसम्म पटकपटक अदालतबाट लेखी पठाउँदा करिब ५ बर्षसम्म पनि आदेश बमोजिमको कागजपत्र उपलव्ध नगराउनु आपत्तिजनक देखिन्छ।'

पूर्वमन्त्री जोशीलाई २०६९ साउनमा विषेश अदालतले भस्टचारी ठहर गरेको थियो।

अदालतले १५ दिनभित्र सबै फायल लिएर आयोगका सचिव स्वयम् अदालतमा उपस्थित भई लिखित जवाफ दिने भनेको छ। आदेशको पालना नगरेको खण्डमा न्याय प्रशासन ऐन २०७३को दफा १७ तथा अवस्था अनुसार दफा ३४ को २ बमोजिम कारबाही गर्ने समेत आदेशमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell