PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

कैलाली र कञ्चनपुरमा ठूलो आँधीहुरीः कम्तीमा ३२ जना घाइते, विद्युत् अवरुद्ध रुख ढलेर बाटो बन्द



एम बम

कैलाली र कञ्चनपुरमा ठूलो आँधीहुरीः कम्तीमा ३२ जना घाइते, विद्युत् अवरुद्ध रुख ढलेर बाटो बन्द

कैलाली: सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। बेलुकी साढे ७ बजे देखि आएको आँधीहुरीले निकै क्षति पुर्‍याएको बताइए पनि विवरण आएको छैन।

हावाहुरीका कारण घाइते कम्तीमा ३२ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।

'उद्दार कार्य जारी छ। रुख पोल ढलेका छन्। विद्युत्  सेवा पूर्ण अवरुद्ध छ,' बस्नेतले भने। 

यता गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले आँधीहुरीले निकै ठूलो क्षति पुर्‍याए पनि विवरण नआएको उल्लेख गरेको छ। केन्द्रका अनुसार रुख, पोल ढालेर बाटो अवरुद्ध भएको छ।

विद्युत् आपूर्ति बन्द भएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। थप विवरण आउन बाँकी छ।

हावाहुरी अहिले बर्दिया र दाङतर्फ पनि बढ्दै पूर्व बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ। सतर्कता अपनाउन केन्द्रले आग्रह पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell