PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

युइएफए नेशन्स लिग: इंग्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स फाइनलमा, पोर्चुगलसँग उपाधि भिडन्त



पहिलोपोस्ट

युइएफए नेशन्स लिग: इंग्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स फाइनलमा, पोर्चुगलसँग उपाधि भिडन्त

अतिरिक्त समयमा दुई गोल गरेपछि इंग्ल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड्स युइएफए नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ।

खेलमा इंग्ल्याण्डले पहिले अग्रता लिए पनि अतिरिक्त समयमा आफ्नै गल्तीका कारण दुई गोल खाएपछि ३-१ ले पराजित भएको हो।

नेदरल्याण्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले पहिले सेमिफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गरेको थियो।

खेलको ३२औँ मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। ७३औँ मिनेटमा माथिस डे लिटले डच टोलीका लागि बराबरी गोल फर्काए।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त सयम थप गरिएको थियो। ९७औँ मिनेटमा इंग्ल्याण्डका केल वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले २-१ को अग्रता बनाएको थियो।

क्वीन्सी प्रोमेसले ११४औँ मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सको जित पक्का गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell