PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अफगानिस्तानका मोहम्मद शेहजाद विश्वकपबाट बाहिर



पहिलोपोस्ट

अफगानिस्तानका मोहम्मद शेहजाद विश्वकपबाट बाहिर

अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान मोहम्मद शेहजाद आइसीसी विश्वकप क्रिकेट २०१९ बाट बाहिरिएका छन्।  चोटका कारण शेहजादले इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकपमा बाँकी खेल गुमाउने भएका हुन्।

१२औँ संस्करणको सुरुवाती दुई खेल खेलेका शेहजादले घुँडाको चोटका कारण विश्वकप गुमाएका हुन्। विश्वकपअघि पाकिस्तान विरुद्धको वार्म अफ खेलमा उनलाई चोट लागेको थियो।

२०१५ को विश्वकप पछि शेहजाद अफगानिस्तानका लागि ओडिआईमा दवस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले यस समयमा ५५ खेलमा १८४३ रन बनाएका थिए।

शेहजादको स्थानमा अब अफगानिस्तानको टिममा युवा विकेटकिपर ब्याट्सम्यान इब्राहिम अलि खिल रहनेछन। आइसीसीको इभेन्ट टेक्निलक कमिटिले उनको नाम स्वीकृत गरिसकेको छ। सन् २०१८ को आइसीसी यू-१८ विश्वकपको सदस्य रहेका खिलले चार इनिङ्समा १८५ रन बनाएका थिए।

यसअघि चोटकै कारण दक्षिण अफ्रिकाका डेल स्टेन पनि विश्वकपबाट बाहिरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell