PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

हावा हुरीले बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति



पहिलोपोस्ट

हावा हुरीले बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति
कैलालीमा हावाहुरीले रुख ढालेपछि दाउरा संकलन गर्दै बालबालिकाहरु।

बर्दिया: बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ। राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा  चोट लागेको छ। सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए।

घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको उनले जानकारी दिए। करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ। हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन्।

हावाहुरीले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पुर्‍याएको छ। हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ। हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ। टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

बिहीवार साँझ सुदुरपश्चिमबाट सुरु भएको हावा हुरी बर्दिया हुँदै पूर्व लागेको थियो। हावाहुरीका कारण कैलालीमा दुई जनाको मृत्यु भइसकेको छ।  रासस

यो पनि :

फोटोमा हेर्नुस् कैलाली र कञ्चनपुरमा हावाहुरीको वितण्डा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell