PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धि लोकसेवाको विज्ञापन खारेज गर्न जनार्दन शर्माको माग 



पहिलोपोस्ट

स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धि लोकसेवाको विज्ञापन खारेज गर्न जनार्दन शर्माको माग 

काठमाडौँ : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्न माग गरेका छन्। 

लोकसेवाले गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै उनले यस्तो बताएका हुन्। 

शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद शर्माले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग गरे। 

‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो। यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला। तर विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन,’ शर्माले बैठकमा भने, ‘यसैका कारण संवैधानिक आयोगकै विरोध हुन थालेको छ। यो संवैधानिक अराजकता हो। यसलाई सच्याउनुपर्छ।’

नेता शर्माले लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने बताए।

यसअघि बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले विज्ञापन खारेज गर्न माग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell