PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु सात सय युवालाई रोजगारी

भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु सात सय युवालाई रोजगारी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पहिलो पटक भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। भक्तपुरका चारैवटा नगरपालिकाको संयुक्त आयोजना भएको कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले कार्यक्रम सुरु गरेका हुन्। 

कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवालाई रोजगारी दिइएको बताइएको छ। जिल्लामा १ हजार ५ सय युवाहरुले बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए। 

प्रधानमन्त्री ओलीले कार्यक्रमको सुरुवात गर्दै सूवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको लागि कार्यक्रमसँग आबद्ध  युवाहरुलाई निर्माण उपकरण प्रदान गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell