PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कतिपय मुर्खहरुलाई राजतन्त्र चाहिएको छ, कतिपय क्रान्तिका नाममा बम पड्काउँदै हिँडेका छन्- प्रधानमन्त्री



रोजन श्रेष्ठ

कतिपय मुर्खहरुलाई राजतन्त्र चाहिएको छ, कतिपय क्रान्तिका नाममा बम पड्काउँदै हिँडेका छन्- प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा राखेर अलमल्याउने दिन सकिएको बताएका छन्। भक्तपुरमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

'अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिए,' विप्लव नेतृत्वको नेकपाका गतिविधि प्रति लक्षित गर्दै उनले भने, 'क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय छन्। हत्या हिंसा र आतंकको बाटोमा लाग्ने तत्वहरु कहिल्यै सफल हुँदैनन्।'

उनले राजतन्त्र फर्काउन चाहने शक्तिहरुको पनि कुनै काम नलाग्ने टिप्पणी गरे। ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र सम्मृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि केही मुर्खहरुलाई राजतन्त्र चाएिको छ,उनीहरुको पनि केही लाग्दैन्' प्रधानमन्त्री ओलीले भने।

उनले अब कोही पनि काम नपाएर विदेशिनु नपर्ने बताए। ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने 'रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो।

प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताए।  

सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताए। 'सरकारले शुरु गरेका महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय हुन थालेका छन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell