PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सुदूर पश्चिम सरकारको नीति तथा कार्यक्रम पारित, काँग्रेसको संशोधन प्रस्ताव अस्वीकृत



एम बम

सुदूर पश्चिम सरकारको नीति तथा कार्यक्रम पारित, काँग्रेसको संशोधन प्रस्ताव अस्वीकृत

कैलाली :सुदूर पश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। 

नीति तथा कार्यक्रम माथि नेपाली काँग्रेसका सांसदले दर्ता गराएको संशोधन प्रस्तावलाई अस्वीकृत गर्दै प्रदेशसभाले शुक्रवार प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो। 

नीति तथा कार्यक्रम माथि बिहीबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य गोविन्दराज बोहराले प्रदेशसभा सचिवालयमा दर्ता गराएको संशोधन प्रस्ताव पेस गरिएको थियो। 

शुक्रवारको प्रदेशसभा सभा बैठकले प्रतिपक्षीको प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०६७÷०६७ को नीति तथा कार्यक्रम ध्वनीमतका आधारमा पारित गरेको हो। 

बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रस्तावक गोविन्दराज बोहरालाई प्रस्ताव फिर्ता लिन समय दिएका थिए। बोहोराले प्रस्ताव फिर्ता नलिएपछि निर्णयार्थ पेस भएको प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको हो। 

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम माथिको छलफलमा उठाएका प्रश्नको जवाफ  दिएका थिए। 

बैठकमा बोल्दै मुख्मन्त्री भट्टले प्रदेश सरकारलाई केही संयन्त्र अभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेका दाबी गरेका थिए। 

उनले मुख्यमन्त्रीकपलाई तल्लो तहसम्म संरचना विस्तार गरेर सञ्चालन गर्ने बताए। काँग्रेसले नीति तथा कार्यक्रमको यही बुँदामा संशोधन दर्ता गराएको थियो। 

त्यस्तै काँग्रेसले हटाउन माग गरेको बुँदामा सरकारले सरकारले विधि र प्रक्रिया पुर्‍याएर मात्रै काम अघि बढाउने भन्दै शङ्का नगर्न आग्रह गरे। 

कांग्रेसले ९४ नम्बर बुँदामा रहेको प्रदेशको विकास र स्वारोजगारीलाई टेवा पुग्ने गरी मुख्यमन्त्री प्रदेश स्वयम् सेवा परिचालन कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिने छ भन्ने बुँदा हटाउनुपर्ने मागसहित संशोधन प्रस्ताव दर्ता गराएको थियो।


पारित भएको नीति तथा कार्यक्रममा टेकेर प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ। प्रदेशसभाको अर्को बैठक आइतबार बस्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell