PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पाँच खेलपछि आर्मीले पुलिसलाई हरायो, प्रधान सेनापति कपको उपाधिका लागि गण्डकीसँग खेल्ने

पाँच खेलपछि आर्मीले पुलिसलाई हरायो, प्रधान सेनापति कपको उपाधिका लागि गण्डकीसँग खेल्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं  : चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका घरेलु टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने भएका छन्।

शुक्रवार भएको सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई र गण्डकी प्रदेशले एपीएफलाई समान ३-१ को सेटमा पारजित गरे। 

लगनखेलस्थित आर्मीको घरेलु कोर्टमा भएको विभागीय डर्बीमा आर्मीले पुलिससँग एक सेट हारेर पनि कमब्याक गर्दै शानदार जित हात पारेको हो।

पुलिससँग यसअघि लगातार पाँच प्रतियोगितामा पराजित भएको आर्मीले यस जितपछि पाँच हारको बदला समेत लिएको छ। पुलिसले इटहरी, टाँडी, माँडी, आठौँ राष्ट्रिय खेलकुद र पाथिभरा भलिबलमा आर्मीलाई पराजित गरेको थियो।

पहिलो सेट पुलिसले २५-१९ले जित्दै १-० को अग्रता बनाएको थियो। त्यसपछि भने घरेलु दर्शक र कोर्टको साथ पाएको आर्मीले लगातार तीन सेट जित्यो।

दोस्रो सेट ट्राइबेकरमा २८-२६ ले जित्दै खेल बराबरी गरेको आर्मीले तेस्रो सेट पनि ट्राइबेकरमै २६-२४ ले जित्दै २-१ को अग्रता बनायो। अग्रता बनाएपछि चौथो सेट आर्मीले २५-१७ ले सहजै जित निकालेको थियो। 

शुक्रबारै भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो।

समूह 'बी'को उपविजेता बनेको गण्डकीले समूह 'ए'को विजेता एपीएफलाई २५–२३, २१–२५, २५–२३, २९–२७ को सेटमा पाखा लगायो।
गण्डकीले पहिलो पटक प्रधानसेनापति भलिबलको फाइनलमा स्थान बनाएको छ। 

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन्। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले पल्सर मोटरबाइक प्राप्त गर्ने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell