PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विश्वकप क्रिकेट : वर्षाका कारण पाकिस्तान र श्रीलंकाबीचको खेल रद्ध



पहिलोपोस्ट

विश्वकप क्रिकेट : वर्षाका कारण पाकिस्तान र श्रीलंकाबीचको खेल रद्ध

आइसीसी विश्वकप अन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको एक दिवसीय विश्वकप अन्तर्गत ११औं खेल ब्रिस्टवलमा हुने तय थियो। तर निरन्तरको वर्षाका कारण खेल सुरु नभएपछि रद्ध भएको हो। खेल नभएपछि दुवैल  १-१ अंक बाँडेका छन्।

पाकिस्तान र श्रीलंकाले यसअघि २ खेल खेल्दा १ मा जित र १ मा हारको नतिजा निकालेका थिए। पाकिस्तानले पहिलो खेलमा वेष्ट इन्डिजसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको थियो। यस्तै श्रीलंका पनि पहिलो खेलमा न्यूजिल्याण्डसँग हारेको थियो। दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell