PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेट : एकल च्याम्पियन बन्ने लक्ष्यमा पुलिस र आर्मी



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : एकल च्याम्पियन बन्ने लक्ष्यमा पुलिस र आर्मी

काठमाडौं : दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थियो। वर्षाका कारण फाइनल रद्ध भएपछि दुवैले ट्रफी सेयर गरेका थिए।

दोस्रो संस्करणमा आर्मी फाइनलमा पुगेपनि अर्को विभागीय टोली एपीएफसँग पराजित भएपछि उपविजेतामै चित्त बुझाउन बाध्य भयो। पुलिस दोस्रो संस्करणमा सेमिफाइनलमा पराजित भएको थियो।

अहिले काठमाडौंमा भइरहेको तेस्रो संस्करणमा यही पुलिस र आर्मी शनिवार फाइनल खेल्दैछन्। आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो भने पुलिसले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। पहिलो संस्करणमा उपाधि बाँडेका दुवै टोली यस पटक स्पष्ट जितसहित उपाधि जित्न चाहन्छ र नगद २० लाख आफ्नो बनाउने योजनामा हुनेछ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा उपविजेताले पनि १० लाख हात पार्नेछन्।

तेस्रो संस्करणको फाइनल भोली बिहान ९ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ।

आर्मी र पुलिस यस पटक एउटै समूहमा परेको थियो। जहाँ पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो। समूह बी मै सबै चार खेल जित्दै अपराजित रहेको पुलिसले सेमिफाइनलमा साविक विजेता एपीएफलाई ४१ रनमा अलआउट गर्दै ५ विकेटको जित हात पारेको थियो। उता समूहमा पुलिससँग मात्र हारेको आर्मीले सेमिफाइनलमा एक मात्र प्रदेश, ३ नम्बर प्रदेशलाई ११७ रनले पराजित गरेको थियो।

 

रन बनाउने र विकेट लिने खेलाडीमा पनि पुलिस र आर्मीका खेलाडी अगाडि

यस संस्करणमा रन बनाउने र विकेट लिने खेलाडीमा पनि पुलिस र आर्मीका खेलाडीहरु नै अगाडि छन्। दुवै टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको बाहुल्य छ।

यस्तै ब्याटिङमा राजु रिजालले पुनरागमन गर्दै ३ अर्धशतक प्रहार गरिसकेका छन्। आर्मीका यी विकेटकिपर ब्याट्सम्यानले ५ खेल खेल्दा ३ अर्धशतकसहित सर्वाधिक २२९ रन बनाएका छन्। यस्तै आर्मीका कप्तान विनोद भण्डारी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेल पनि सर्वाधिक रन बनाउनेमा अगाडि छन्।

विनोदले ५ खेल खेल्दै २ अर्धशतकसहित १७६ रन बनाउँदा रोहितले ५ खेलबाट १ अर्धशतकसहित १७० रन बनाएका छन्।

यस्तै पुलिसका लागि सर्वाधिक रन बनाउने सूचीमा अगाडि रहेका अमित श्रेष्ठले १ शतक र १ अर्धशतक प्रहार गर्दै कूल १६६ रन बनाएका छन्। आर्मीका हरिबहादुर चौहानले ५ खेलबाट १५० रन बनाएका छन्।

यसैगरी धेरै विकेट लिनेमा स्पीनरहरु अगाडि छन्। पुलिसका ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरी तथा आर्मीका शहाब आलम र सुशन भारी यस सूचीमा अगाडि छन्। ललितले ५ खेलबाट १६ विकेट लिएका छन्। शहाबले ५ खेलबाट १४ विकेट लिएका छन्। यस्तै दिपेन्द्रले ४ खेलमा बलिङ गर्दै १३ विकेट लिएका छन्। सुशन भारीले ५ खेलबाट १२ विकेट लिएका छन्। समूह चरणबाटै बाहिरिएका प्रदेश १ का कप्तान पुष्प थापाले १२ विकेट लिएका छन्। यस्तै आर्मीका करण केसीले ८ र पुलिसका सागर ढकाल र आरिफ शेखले समान ७ विकेट लिएका छन्।

 

....

गत वर्ष एपीएफबाट खेल्दै उपाधि जितेका ४ खेलाडी यस पटक अर्को टोलीबाट उपाधि जित्ने लक्ष्यमा छन्। गत वर्ष च्याम्पियन टोलीबाट खेलेका अनिल कुमार शाह र पवन सर्राफ यस पटक पुलिसबाट खेलिरहेका छन्। यस्तै रोहित कुमार पौडेल र करण केसी आर्मीबाट खेलिरहेका छन्।

 

नेपाल पुलिस टिम:  मन्जित श्रेष्ठ(कप्तान), अनिल कुमार शाह, पवन सर्राफ, सुनिल धमला, दिलप नाथ, अमित श्रेष्ठ, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, सागर ढकाल, ललित सिंह भण्डारी, राम नरेश गिरी,

 

त्रिभुवन आर्मी टिम: विनोद भण्डारी (कप्तान), राजु रिजाल, हरि कृष्ण झा, हरी बहादुर चौहान, राजेश पुलामी मगर, रोहित कुमार पौडेल, भिम शार्की, करण केसी, सोमपाल कामी, कुशल मल्ल, सुशन भारी, शहाब आलम, जितेन्द्र मुखिया, लोकेन्द्र चन्द



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell