PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

महिला विश्वकप फुटबल : उद्घाटन खेलमा फ्रान्स र दक्षिण कोरिया भिड्दै



पहिलोपोस्ट

महिला विश्वकप फुटबल : उद्घाटन खेलमा फ्रान्स र दक्षिण कोरिया भिड्दै

फिफा महिला विश्वकप फुटबल आजदेखि फ्रान्समा सुरु हुँदैछ। सन् १९९१ बाट सुरु भएको महिला विश्वकपको आठौं संस्करण जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा सञ्चालन हुनेछ।

विश्वका उत्कृष्ट २४ टिमले महिला विश्वकप खेल्दैछन्। दोस्रो पटक २४ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन्। सन् २०१५ मा क्यानडामा भएको अघिल्लो संस्करणमा पहिलो पटक २४ टिमले प्रतिस्पर्धा गरेका थिए।

उद्घाटन खेलमा समूह ए अन्तर्गत घरेलु टोली फ्रान्सर दक्षिण कोरिया प्रतिस्पर्धा गर्दैछन्। खेल फ्रान्सको राजधानी पेरिसस्थित पार्क डे प्रिनसमा हुँदैछ।

सन् १९९१ मा चीनबाट सुरु भएको महिला विशुवकपको सुरुवाति दुई संस्करणमा १२ टिमले भाग लिएका थिए। तेस्रो देखि छैटौँ संस्करणसम्म भने १६ टिमले प्रतिस्पर्धा गरेका थिए।

साविक विजेता समेत रहेको अमेरिकाले सर्वाधिक ३ पटक उपाधि जितेको छ भने जर्मनी दुई पटकको च्याम्पियन हो। नर्वे र जापानले १-१ पटक उपाधि जितेका छन्।

अहिलेसम्मको सबै सात संस्करण फाइनल खेलेको अमेरिका एक पटक उपविजेता तथा ३ पटक तेस्रो भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell