PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

स्पोर्ट्स अवार्ड : युकेश र सुष्मी बर्ष खेलाडी, चित्रहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड



पहिलोपोस्ट

स्पोर्ट्स अवार्ड : युकेश र सुष्मी बर्ष खेलाडी, चित्रहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पोखरा : नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘चौथो अपाचे टिभिएस स्पोर्टस अर्वाड-२०७५’ मा प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्ट्याक करातेकी सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन्।

पोखरा–६का १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकूदमा टिमतर्फ क्रसकन्ट्रीमा स्वर्ण, इण्डोनेशियामा सम्पन्न एशियन खेलमा क्रसकन्ट्रीमा स्वर्ण पदक विजेता हुन्।

त्यस्तै, वर्ष २०७५को उत्कृष्ट महिला खेलाडीमा कराते खेलाडी सुष्मी श्रेष्ठलाई सम्मान गरिएको छ। स्याङजा भीरकोटमा जन्मिएकी २१ वर्षीया श्रेष्ठ आठौं राष्ट्रिय खेलकूदको खुल्ला तौल समूहमा कास्य, एकलतर्फ स्वर्ण पदक, सकेण्ड साउथ एशियन रिजनल,  कन्ट्रिज क्यूकोसिन कराँतेमा खुल्ला तौल समूहमा स्वर्ण र २९औं युरोपियन प्रतियोगिताको खुल्ला तौल समूहमा कास्य प्राप्त गरेकी हुन्।

वर्ष खेलाडी युकेशलाई मोटरसाइकल र सुष्मीलाई स्कुटर प्रदान गरिएको छ। उक्त पुरस्कार बदास ब्रदर्स प्रालीले प्रायोजन गरेको हो।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्वबक्सिङ खेलाडी एवं प्रशिक्षक चित्रबहादुर गुरुङलाई सम्मान गरियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पोखरामा गुरुङलाई सम्मान गरे।

गुरुङले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा बक्सिङ खेलको माध्यमबाट मुलुकको गौरव बढाएका थिए।स्याङजाको मनोकामनामा २०१८ सालमा जन्मिनु भएका उहाँले १९८७ मा कोलकोत्तामा आयोजित दक्षिण एशियाली खेलकूदमा रजत, चौंथो दक्षिण एशियाली खेलकूदमा स्वर्ण र ११औं बेइजिङमा सम्पन्न एशियाली खेलकूदमा कास्य पदक प्राप्त गरेका थिए।

यसैगरी वर्ष २०७५ को उदयमान खेलाडीको अवार्ड क्रिकेटका खेलाडी अर्जुन कुमाल, वर्ष २०७५ को उत्कृष्ट प्रशिक्षक अवार्ड कराते प्रशिक्षक दीपक गोदार, र वर्षको चर्चित खेलाडीमा सुटिङको खेलाडी श्रेया केसी घोषित भए। श्रेयाले एमएसएसको मतको आधारमा चर्चित खेलाडीको अवार्ड जितिन्। यी सबै पुरस्कारको राशि रु २५ हजार रहेको छ।

वर्ष २०७५को उत्कृष्ट खेलकूद पत्रकारिता पुरस्कारबाट विनोद लामिछाने पुरस्कृत भए। सो पुरस्कारको राशि रु २० हजार रहेको छ। यसवर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड जिल्ला बास्केटबल सङ्घ कास्कीलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु १५ हजार रहेको छ।

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्ष प्रदेशमा एकेडमी स्थापना गर्ने घोषणा गरे। उनले खेलकूदको माध्यमबाट प्रदेश र देशको प्रतिष्ठा बढाउनुपर्ने उल्लेख गर्दै उहाँले खेलकूदको विकासमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell