PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सात वर्ष चेल्सीमा बिताएर रियल मड्रिड पुगे हाजार्ड, ५ वर्षको सम्झौता



पहिलोपोस्ट

सात वर्ष चेल्सीमा बिताएर रियल मड्रिड पुगे हाजार्ड, ५ वर्षको सम्झौता

अन्तत: स्पानिस जायन्ट रियल मड्रिड एडेन हाजार्डलाई क्लब भित्र्याउन सफल भएको छ।

रियलले प्रिमियर लिग खेल्ने लण्डन क्लब चेल्सीबाट हाजार्डलाई क्लबमा अनुबन्ध गरेको हो। रियलले हाजार्डका लागि १५० मिलियन सम्म पाउण्ड तिर्न सहमति गरेपछि सम्झौता भएको हो।

बेल्जियन स्टार हाजार्डसँग रियलले ५ वर्षको सम्झौता गरेको छ। मेडिकल टेष्टपछि यही जुन १३ मा हाजार्डलाई रियलको खेलाडीको रुपमा सार्वजनिक गर्ने क्लबले जनाएको छ।

हाजार्ड लण्डन क्लबमा सात वर्ष बिताएर मड्रिड जान लागेका हुन्। चेल्सी छाड्ने निर्णय गर्नु मेरो लागि अहिलेसम्मकै ठूलो र कठिन निर्णय हो।

सन् २०१२ मा फ्रेन्च क्लब ललेबाट चेल्सी पुगेका उनले ३५२ खेल खेल्दै ११० गोल गरेका थिए। पछिल्लो पटक चेल्सीले युरोपा लिगको उपाधि जित्दा हाजार्ड फाइनलमा आर्सनल विरुद्ध २ गोल गरेका थिए।

उनले स्टामफोर्ड ब्रिजमा रहँदा दुई लिग, एक एफए कप र दुई युरोपा लिगको उपाधि जितेका थिए।

रियलले यस सिजन भित्र्याएको हाजार्ड तेस्रो खेलाडी हुन्। यसअघि पोर्टोका डिफेन्डर इडर मिलिटाओ र इनटाच फ्राङ्कफर्टबाट लुका जोभिकलाई रियलले अनुबन्धन गरेको थियो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell