PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

युरो क्वालिफायर : स्पेनको लगातार तेस्रो जित



पहिलोपोस्ट

युरो क्वालिफायर : स्पेनको लगातार तेस्रो जित

स्पेनले युरो २०२० क्वालिफायरमा लगातार तेस्रो जित हात पारेको छ। समूह एफ अन्तर्गत गएराती भएको खेलमा स्पेनले फारोइ आइल्याण्डलाई ४-१ ले पराजित गरेको हो।

जितपछि स्पेन ३ खेलबाट ९ अंकसहित अपराजित रहेर समूहको शीर्ष स्थानमा छ।

स्पेनको लागि सर्गियो रामोस, जेसस नाभास र जोस गयाले एक-एक गोल गरेका भने टैइटोर गेटसनले एक आत्मघाती गोल उपहार दिएका थिए। फारोइ आइल्याण्डका लागि क्लमिन्ट ओल्सेनले एक गोल गरे।

यसै समूहको अर्को खेलमा स्वीडेनले माल्टालाई २-० ले पराजित गरेको छ। दोस्रो जितपछि अपराजित रहेको स्वीडेनले ३ खेलबाट ७ अंक जोडेको छ र समूह एफमा दोस्रो स्थानमा छ।

यसैगरी समूह बी अन्तर्गत भएको खेलमा युक्रेनले सर्वियालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।

दोस्रो जितपछि ३ खेलबाट ७ अंकहसित युक्रेन समूहको शीर्ष स्थानमा छ। युक्रेनको जितमा भिक्टोर टिगानकोभ र येभहेनी कोनोप्लाएन्काले २-२ गोल गरे। रोमन योरेनचुकले एक गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell