PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मेसीको दुई गोल, अर्जेन्टिनाको फराकिलो जित



पहिलोपोस्ट

मेसीको दुई गोल, अर्जेन्टिनाको फराकिलो जित

लियोनल मेसीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा निकारागुवालाई ५-१ ले पराजित गरेको छ।

कप्तान लियओनल मेसी र लाउटारो मार्टिनजेको २-२ गोलको मद्दतमा कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले फराकिलो जित हात पारेको हो।

मेसीले एक मिनेटको अन्तरमा दुई गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। उनले ३७औं र ३८औं मिनेटमा गोल गरे। दोस्रो हाफमा भने मेसीको स्थानमा पाउलो डिबला खेलेका थिए। यस्तै मार्टिनेजले ६३औं र ७३औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले ४-० को अग्रता बनायो। ८१औं मिनेटमा रोवर्टो पाएराले अर्जेन्टिनाको पाँचौ गोल गरे।

अन्तिम समयमा निकारागुवाले पेनाल्टी पाएपछि जुवान बारेराले त्यसमा गोल गरेका थिए।

यस्तै लुइस सुअरेजले गोल गरेको खेलमा उरुग्वेले पानामालाई ३-० ले पराजित गरेको छ। उरुग्वेका लागि म्याक्सिमिलयानो गोमेज र फेडेरिको भलभर्डले पनि एक-एक गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell