PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

भेटिएको लोपोन्मुख सालक स्थानीयले प्रहरीमा बुझाए



पहिलोपोस्ट

विदुरः नुवाकोटको विदुर–५ स्थित पिपलटारको ठूलोगाउँमा बिहानीपख जङ्गलबाट आइरहेको एक लोपोन्मुख सालक भेटिएपछि स्थानीयले प्रहरीमा बुझाएका छन्।

गाउँ नजिकैको जङ्गलबाट बाहिर आएको सालकलाई कुकुरले आक्रमण गरिरहेको अवस्थामा स्थानीयवासीले बचाएर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फ्यालले बताए। उनका अनुसार सलाक विहानीपख खेल्दै जङ्गलबाट बाहिर निस्केपछि कुकुरले हमाला गर्न थालेको थाहा पाएर स्थानीयवासी दीपेन्द्र पौडेललगायतको टोलीले बचाएर प्रहरीलाई बुझाएका थिए।

प्रहरीले सालकलाई जिल्ला वन कार्यालयमा बुझाएको छ। वन कार्यालयले सालक लाई नजिकको वन, वनदेवीमा लगेर छाडिदिने जनाएको छ। लोपोन्मुख सालक रेडपाण्डा जतिकै महत्वको रहेको उक्त कार्यालयले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell