PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अहिलेको सरकारलाई तरुण दल सुन्ने बितिकै एलर्जी हुन्छ, राधेलाई बोलाएर मार्न खोजियोः तरुण दल अध्यक्ष बस्नेत



पहिलोपोस्ट

अहिलेको सरकारलाई तरुण दल सुन्ने बितिकै एलर्जी हुन्छ, राधेलाई बोलाएर मार्न खोजियोः तरुण दल अध्यक्ष बस्नेत

काठमाडौः बुधवार प्रहरीले पक्राउ गरेका गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारीको विषयलाई लिएर तरुण दलले आपत्ति जनाएको छ।

शनिवार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सुरक्षा निकायले राधे लाई बोलाएर मार्ने षड्यन्त्र गरेको आरोप लगाएका हुन्। पत्रकार सम्मेलनपछि पहिलोपोष्टसँगको कुराकानीमा अध्यक्ष बस्नेतले भने,' सरकारको निर्देशन अनुसार सुरक्षा निकायले घरमा नै बसिरहेको व्यक्तिलाई बोलाएर मार्न खोज्यो। हुँदै नभएको घटनामा संलग्नता देखाएर नियन्त्रणमा लियो।'

बुधवार साँझ राधेलाई धादिङ प्रहरीले बेनिघाट रोराङ गाउँपालिकाबाट पक्राउ गरेको थियो। गाउँमा स्थानीयबासीलाई कुटपिट गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ। तर अध्यक्ष बस्नेत भने प्रहरीको दाबी गलत भएको बताउँछन्। 'अरू नै दुई समूह बिच झडप भएको थियो। राधे त्यहाँ गएको थिएन। घाइते भएका जीवन तामाङले हामीलाई राधे घटनामा नरहेको बताएका छन्। तर प्रहरीले नक्कली घटना देखायो।' अध्यक्ष बस्नेतले भन।

राधे समूहलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी समेत घाइते भएको प्रहरीको दाबी छ। प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी 'चरी'माथि २०७० असार २१ मा गोली प्रहार गरेपछि केही समय उनी जेल परेका थिए। राधे तरुण दल धादिङका जिल्ला उपाध्यक्ष समेत हुन्।' सरकारलाई तरुण दल सुन्नु नै हुँदैन एलर्जी हुन्छ। त्यसैले हाम्रो कार्यकर्ता समातेको हो।' अध्यक्ष बस्नेतले भने।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल बरामद गरेको दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell